हङ्कङ र पीएनजीविरुद्धको टी–२० शृङ्खलाका लागि नेपाली टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले हङ्कङविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । नेपाल र हङ्कङबिचको टी–२० क्रिकेट शृङ्खला मार्च ९ देखि १३ तारिखसम्म सञ्चालन हुनेछ । उक्त शृङ्खला हङ्कङमा खेलिने छ ।
विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रासिद खानलाई पनि हङ्कङविरुद्धको शृङ्खलाका लागि टोलीमा समेटिएको छ । रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुलसन झा र सन्दीप जोरा रहेका छन् ।
यसैगरी टोलीमा आरिफ शेख, विवेक यादब, रासिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाष बोहरा पनि रहेका छन् । पछिल्लो समय क्यानडा, नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खलामा सहभागिता जनाउँदै आएका केही सिनियर खेलाडीलाई भने आराम दिइएको छ ।
ओपनर ब्याट्सम्यान आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी र अनिल साहलाई आराम दिइएको हो । शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल मार्च ९ तारिखमा आयोजक हङ्कङसँग खेल्नेछ ।
नेपालले दोस्रो खेल मार्च १० तारिखमा हङ्कङसँगै खेल्नेछ । त्रिकोणात्मक शृङ्खलामा तेस्रो टोलीको रुपमा पपुवा न्यु गिनी (पीएनजी) रहेको छ । नेपाल र पीएनजीबिचको खेल मार्च १२ तारिखमा खेलिने क्यानले जनाएको छ ।
नेपालले निकट भविष्यमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो त्रिकोणात्मक शृङ्खला खेल्न लागेको हो । हाल घरेलु मैदानमा जारी नेदरल्यान्ड्स र नामिबियाविरुद्धको टी–२० शृङ्खलामा पनि नेपाली फाइनलमा पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन