हुथी विद्रोहीको आक्रमणमा परेको बेलायती जहाज डुब्यो
आइतबार, २० फागुन २०८०, ०९ : ३०

लण्डन । हुथी विद्रोहीको आक्रमणमा परेको दुई हप्तापछि बेलायतमा दर्ता भएको एउटा मालवाहक जहाज एडनको खाडीमा डुबेको छ । यमनको सरकारका अनुसार रुबीमार नाम गरेको जहाजमा बिस्तारै पानी भरिएर डुब्न पुगेको हो ।
प्यालेस्टाइनमा इजरायलले गरेको आक्रमणको विरोधमा लाल सागरमा इरान समर्थित विद्रोहीले मालवाहक जहाजलाई निशाना बनाउँदै आइरहेको छ । विद्रोहीहरूको आक्रमणमा परेर डुबेको रुबीमार पहिलो जहाज हो ।
जहाजले रासायनिक मलहरू बोकेको थियो । विज्ञहरूले जहाज डुब्दा वातावरणमा ठुलो असर पुग्ने चेतावनीसमेत दिएका छन् । एडनको खाडीमा यात्रा गरिरहेका बेला हुथी विद्रोहीले प्रहार गरेका दुईवटा मिसाइल रुबीमारमा लागेको थियो । १० दिनअघि बेलायती सरकारले जहाजमा पानी भरिन थालेको र त्यहाँ सवार २४ जना चालक दलका सदस्यलाई उद्धार गरिएको जानकारी दिएको थियो ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरणको संरक्षण गर्न नीति तथा कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यकः उपराष्ट्रपति
-
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक २०८१’ परिमार्जन गर्ने सहमति
-
कहाँ पुग्यो रेशम चौधरी र सीके राउतको मिलन ?
-
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ : प्रचण्ड
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा