रियल रोकिँदा बेलिङह्यामलाई रातो कार्ड
मड्रिड । स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड भ्यालेन्सियासँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा रियल २–२ को बराबरी खेल्न बाध्य बनेको हो ।
दुई गोलले पछि परेको स्थिति उल्टाउँदै खेलमा पुनरागमनको गरेको रियलका लागि जुड बेलिङह्यामले खेल सकिएपछि रेफ्रीसँग वादविवाद गरेकोमा रातो कार्ड पाएका थिए । इन्जुरी समयको छैटौँ मिनेटमा हेडमार्फत गोल गर्दै उनले रियललाई जीत दिलाएको सोचेका थिए । तर, रेफ्रीले क्रस आउन अघि नै अन्तिम सिट्ठी फुकेका थिए । यसबाट क्रुद्ध बनेका उनले रेफ्रीसँग वादविवाद गरेका थिए ।
यसअघि पहिलो हाफमा ह्युगो डुरो र रोमान यारेमचुकले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोली भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले रियलका लागि एक गोल फर्काए । दोस्रो हाफको ७६ औँ मिनेटमा भिनिसियसले नै बराबरी गोल गरे ।
योसँगै रियलले ला लिगामा आफ्नो अपराजित यात्रा २१ खेलसम्म पुर्याएको छ । शीर्ष स्थानमा उसले ७ अङ्कको अग्रता बनाएको छ । २७ खेलपछि रियलको ६६ अङ्क रहेको छ भने दोस्रो स्थानमा रहेको जिरोनाको ५९ अङ्क छ । यद्यपि जिरोनाले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष