त्रिकोणात्मक टी–२० सिरिजमा नामिबिया र नेदरल्याण्ड्सबिच आज प्रतिस्पर्धा

काठमाडौँ । त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्ड्सबीच खेल हुँदै छ। खेल बिहान साढे ११ बजेबाट त्रिवि क्रिकेट मैदानमासुरू हुनेछ। साथै आजकै खेलबाट सिरिजको अर्को फाइनलिस्ट टोली तय हुनेछ ।
शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएर फाइनल पुगिसकेको छ । चारमध्ये २ खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै सिरिजको फाइनलमा पुगेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।
तेस्रो स्थानमा रहेको नामिबिया र पहिलो स्थानमा रहेको नेदरल्याण्ड्समध्ये फाइनल पुग्ने टिमले मंगलबार नेपालसँग उपाधिका लागि भिड्नेछन् ।
यसैबिच नेपाल क्रिकेट संघ (क्यानले) आजको खेल दर्शकका लागि निःशुल्क हेर्न पाउने व्यवस्था गरेको जनाएको छ । त्रिवि मैदानमा खेल हेर्न आउने दर्शकले टिकट काट्न नपर्ने जानकारी क्यानले सामाजिक सञ्जालमार्फत गराइसकेको छ । यसअघिका भएको सिरिजको सबै खेल प्रत्यक्ष हेर्न दर्शकहरूले टिकट लिनुपर्ने व्यवस्था थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल