फ्रेन्च महिला लिगमा सावित्रा भण्डारीको डेब्यु गोल
शनिबार, १९ फागुन २०८०, २२ : २३
![फ्रेन्च महिला लिगमा सावित्रा भण्डारीको डेब्यु गोल](https://npcdn.ratopati.com/media/news/sabitra_TISPivYNPw.jpg)
काठमाडौँ । फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले डेब्यु गोल गरेकी हुन् ।
सावित्राले इए गुइगाम्पका लागि खेलिरहेकी छन् । सो क्रममा उनले लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् । गुइगाम्पका लागि पहिलो गोल भने एन्टोनिए स्टारोभाले गरेकी थिइन् । स्टारोभाले ५२औं मिनेटमा गोल गरेकी थिइन् ।
सावित्राले युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा
-
पूँजीगत खर्च शत–प्रतिशत सुनिश्चित गर्न मन्त्री यादवद्वारा निर्देशन