लोकसभा चुनाव : मोदी वाराणसीबाट, अमित शाह गान्धी नगरबाट चुनाव लड्ने (सूची)
नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा चुनाव २०२४ का लागि १९५ उम्मेदवारहरूको पहिलो सूची जारी गरेको छ। सूचीअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट, अमित शाहले गान्धी नगरबाट र सर्वानन्द सोनोवालले असमको डिब्रुगढबाट फेरि भाग्य परीक्षण गर्नेछन्।
१६ राज्य र २ केन्द्र शासित प्रदेशका १९५ सिटमा निर्णय गरिएको हो। यस सूचीमा ३४ केन्द्रीय र राज्य मन्त्रीहरू छन्। लोकसभा अध्यक्षको नाम पनि सूचीमा समावेश छ। दुई पूर्व मुख्यमन्त्रीको नाम पनि परेको छ ।
यस सूचीमा २८ महिला र ५० वर्ष मुनिका ४७ युवा उम्मेदवार छन्। अनुसूचित जातिबाट २७ र अनुसूचित जनजातिबाट १८ र पिछडिएको वर्गबाट ५७ उम्मेदवार छन्। उत्तर प्रदेशबाट ५१ सिटको घोषणा गर्दा पश्चिम बंगालबाट २०, मध्य प्रदेशबाट २४, गुजरातबाट १५, राजस्थानबाट १५, केरलाबाट १२, तेलंगानाबाट ९ र छत्तीसगढबाट ११ सिटमा उम्मेदवारको नाम घोषणा गरिएको थियो। दिल्लीमा पाँच, जम्मू कश्मीरका दुई, उत्तराखण्डका तीन, अरुणाचल प्रदेशका दुई, गोवा, त्रिपुरा, अण्डमान निकोबार र दमन दीवमा एक–एक सिटको घोषणा हुनेछ ।
यस्तो छ सूची-
वाराणसी - नरेन्द्र मोदी
गान्धी नगर - अमित शाह
विदिशा- शिवराज सिंह चौहान
डिब्रुगढ- सर्वानन्द सोनोवाल
बिकानेर- अर्जुन राम मेघवाल
जोधपुर- गजेन्द्र सिंह शेखावत
अरुणाचल पश्चिम- किरेन रिजिजू
गौतम बुद्ध नगर- महेश शर्मा
मथुरा- हेमा मालिनी
आगरा- सत्यपाल सिंह बघेल
फतेहपुर सिकरी- राजकुमार चाहर
एटा- राजवीर सिंह
शाहजहांपुर- अरुणकुमार सागर
खिरी- अजय मिश्र टेनी
दौड- श्रीमती रेखा वर्मा
हरदोई- जयप्रकाश रावत
उन्नाव- साश्री महाराज
अमेठी- स्मृति इरानी
लखनऊ- राजनाथ सिंह
इटावा- रामशंकर कटेरिया
जालौन- भानु प्रसाद वर्मा
झाँसी- अनुराग शर्मा
हमीरपुर- कुँवर पुष्पेन्द्र चन्देल
फतेहपुर- साध्वी निरंजन ज्योति
बारामती - उपेन्द्रसिंह रावत
फैजाबाद- लल्लु सिंह
गोण्डा- राजा भैया
गौरखपुर- रवि किशन
कुशीनगर- विजय कुमार दुबे
लालगंज- नीलम सोनकर
आजमगढ- दिनेश लाल यादव निरहुआ
सलेमपुर- रविन्द्र कुशवाहा
जौनपुर- कृपाशंकर सिंह
चन्दौली- महेन्द्रनाथ पाण्डे
कान्ति- शुभेन्दु अधिकारी
चाँदनी चोक- प्रवीण खण्डेलवाल
उत्तर पूर्व दिल्ली- मनोज तिवारी
नयाँ दिल्ली- बाँसुरी स्वराज
पश्चिम दिल्ली- कमलजीत सेहरावत
दक्षिण दिल्ली- रामवीर सिंह बिधुरी
रांची- जमशेद सेठ
सिंहभूम- गीता कोडा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास