लुम्बिनी अस्पतालमा दातृ निकायको चासो : मातृ तथा शिशु स्वास्थ्यका लागि सहयोग बढाउने प्रतिबद्धता

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउन विदेशी सहयोगी संस्था तथा दातृ निकायहरूले चासो व्यक्त गरेका छन् । पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा अस्पतालले गरेका गतिविधिलाई मूल्याङ्कन गर्दै उनीहरूले थप सहयोगको प्रतिबद्धता गरेका हुन् ।
नेपालका लागि बेलायती राजदूत कार्यालयका प्रतिनिधि पिप्पा वर्ड, विश्व बैंकका प्रतिनिधि फरिस हेडेड जेरोस, स्वीस डेभलप्मेन्ट कोअप्रेशनका प्रतिनिधि डेनिल म्याली, एशिया विकास बैंकका प्रतिनिधि लगायतले अस्पतालको निरीक्षणपछि आफूहरू सहयोग बढाउन इच्छुक रहेको बताए । अस्पतालमा रहेको प्रसूति कक्ष, मेटामेटिक, लेवर वार्ड, एनआईसीयू, एसएनसीयू, पोषण पुनर्स्थापना केन्द्र, ओसिएमसी कक्ष लगायतको शुक्रबार निरीक्षणपछि उनीहरूले प्रशंसा गर्दै सहयोगको हात बढाउन आफूहरू सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । विशेष गरी शिशुको पोषण तथा मातृ मृत्युदरलाई कम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने सवालमा हातेमालो गर्न सधैँ तयार रहेको उनीहरूले प्रतिबद्धता गरे । लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय गरेका सुधार तथा सेवाबाट आफूहरू प्रभावित भएको दातृ संस्थाका प्रतिनिधिहरूले बताएका छन् ।
प्रतिनिधिहरूसँगको अन्तरक्रियामा बोल्दै अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले विशेष गरी प्रसूति सेवा तथा पोषण पुनर्स्थापना केन्द्रमा उल्लेख्य सुधार ल्याउन सफल भएको जानकारी गराए । न्यूनतम सेवा मूल्याङ्कन मापदण्डमा समेत ८८ प्रतिशत अङ्क ल्याएर नेपालकै उत्कृष्ट बन्न सफल भएको जानकारी गराउँदै मेसु थापाले स्वास्थ्य सेवा सुधारका लागि सहयोगकी निकाय तथा संस्थाहरूसँग हातेमालो गर्न आफूहरू सधैँ तयार रहेको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्फ्यु लागेसँगै कोटेश्वर सडकमा सेना
-
जडीबुटी उत्पादन कम्पनीमा आगजनी, सुरक्षाकर्मी पुग्न सकेनन् (तस्बिरहरू)
-
गल्ती भयो भन्दैमा गणतन्त्रभन्दा पछाडि फर्किन सकिँदैन : विप्लव
-
‘द्रौपदी’ दोस्रो सातामा, आम्दानीको लेखाजोखा आइतबार आउने
-
अस्ट्रेलियामा आम चुनावको उत्साह, यस्तो छ जनमत सर्वेक्षणमा यस्तो देखियो रुझान
-
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)