शालिन पोखरेलको मृत्युले बेचैन बनाएको छ : अध्यक्ष ओली

काठमाडौँ । शालिन पोखरेलको मृत्यु प्रकरणबारे गहिरो र विश्वसनीय अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन् । चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा पोखरेल मृत फेला परेकी थिइन् ।
यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने भएकाले सबैले अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले आग्रह समेत गरेका छन् । ‘ चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका शालीन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ। यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस्,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ’परिवार र आफन्त अत्यन्त पीडित छन्। यस्ता घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ। हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
-
नेपालमै पहिलो पटक ROYAL ENFIELD काे एबीएस सिस्टम बाइक बजारमा
-
लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ