विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक
शनिबार, १९ फागुन २०८०, १५ : १०
![विभागद्वारा न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक](https://rpcdn.ratopati.com/media/albums/ausadhi_bivag_EhvpxUcyoL.jpeg)
काठमाडौँ । औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताए ।
उनका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो । उनले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन
-
देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, यी तीन प्रदेशमा हिमपातको सम्भावना
-
गौशालाका गाईलाई छैन आहारा