इजरायलको बमबारीमा सात इजरायली बन्धक मारिएको हमासको दाबी

गाजा । हमासले गाजा पट्टीमा बन्धक बनाइएका सात जनाको मृत्यु भएको जानकारी दिएको छ । इजरायली बमबारीका कारण यी बन्धकहरूको मृत्यु भएको हमासले दाबी गरेको हो।
यसमा उनका केही लडाकु पनि मारिएका छन् । हमासले हालसम्म मारिएका बन्धकहरूको सङ्ख्या ७० भन्दा बढी हुन सक्ने बताएको छ । ज्यान गुमाउने सात बन्धकहरू पहिले नै मारिएका ३१ बन्धकहरूमा पर्छन् वा छैनन् भन्ने स्पष्ट छैन। यस सम्बन्धमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन भने हमासले पनि कुनै ठोस प्रमाण पेस गरेको छैन ।
हमासले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । त्यस क्रममा २ सय ५३ जना मानिसहरूलाई बन्धक बनाएको थियो। इजरायलका अनुसार हमासको यो हमलामा आफ्ना १२ सय मानिस मारिएका छन् ।
जवाफमा इजरायलले गाजामा सैन्य कारबाही जारी राखेको छ । उसले हमासको ठेगानाहरूमा ठुलो मात्रामा बमबारी गरिरहेको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणका कारण गाजामा हालसम्म ३० हजार प्यालेस्टिनी नागरिक मारिएको दाबी गरेको छ ।
यसअघि नोभेम्बरमा हमासले अस्थायी युद्धविराम सम्झौता अन्तर्गत १०५ जना बन्धकहरूलाई रिहा गरेको थियो। बदलामा २४० जना प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको थियो।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै