निर्देशक भट्टराई भन्छन्, ‘महाजात्रा चुनौती सामना गर्न तयार छ’

काठमाडौँ । लेखक तथा निर्देशक प्रदीप भट्टराईका लागि चैत ९ गते विशेष दिन छ । फिल्म ‘जात्रा’बाट ठुलो पर्दामा निर्देशकीय पाइला चालेका भट्टराईले पहिलो निर्देशकीय फिल्मबाटै सफलताको स्वाद चाखे ।
यसको दोस्रो सिक्वेल ‘जात्रै जात्रा’लाई पनि दर्शकले ‘जात्रा’ जस्तै मन पराइदिए । अब यीनै निर्देशक भट्टराई चैत ९ गतेबाट जात्राको तेस्रो शृङ्खला ‘महाजात्रा’ लिएर दर्शकमाझ आउँदैछन् ।
निर्देशक भट्टराई‘जात्रा’ का अघिल्ला सिरिजको लोकप्रियताले ‘महाजात्रा’ निर्माणमा क्रममा उत्साह र चुनौती दुवै अनुभूत गरेको बताउँछन् । तर, महाजात्राले दर्शककालाई हलसम्म लैजाने चुनौतीको सामना गर्न तयार रहेको उनी बताउँछन् ।
‘बजारमा ‘जात्रा’को सिरिज चल्यो भनेर ‘महाजात्रा’ बनाइएको होइन । अघिल्ला दुई सिरिजमा दर्शकको जुन क्रेज थियो, त्यो क्रेजलाई हलसम्म पुनः फर्काउन हामीलाई उत्तिकै चुनौती छ । ‘महाजात्रा’ चुनौती सामना गर्न तयार छ किनकि हामीले यो फिल्म दर्शककै लागि बनाएका हौँ’भट्टराईले भने ।
प्रदीप फिल्म प्रदर्शनपछि दर्शकको ‘वर्ड अफ माउथ’ले पनि फिल्म चल्नेमा आफू ढुक्क रहेको बताउँछन् । ‘अघिल्ला दुई सिरिज सफल हुनुमा वर्ड अफ माउथ पनि प्रमुख थियो ।’
मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा डेब्यु गरेका प्रदीपले ‘शत्रु गते’,‘जात्रै जात्रा’ र ‘महापुरुष’ जस्ता चर्चित फिल्मनिर्देशन गरिसकेका छन् । यी फिल्मले बक्सअफिसमा आफूलाई अब्बल साबित गरिसकेका छन् ।
महाजात्राले भारतबाहेकको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । एमएसएम इन्टरटेनमेन्टका प्रमुख छत्र थापा आफूहरूले फिल्मको पछिल्लो शृङ्खलाले गरेको व्यापार र दर्शकले अन्य फिल्म हेर्न आउँदा देखाएको चासोको आधारमा खरिद गरेको बताए ।
‘यसको लोकप्रियता र यसले गर्ने व्यापारकै कारण हामीले लगभग फिल्म बिक्री पनि गरिसकेका छौँ । अर्थात् महाजात्रा एक–दुई देश बाहेक बिक्री भइसकेको छ’, थापाले भने । निर्देशक भट्टराईका अनुसार फिल्ममा जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई प्रस्तुत गरिएको छ ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुन जङ्ग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेल निर्माता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय