आजपाका दुई नेता पार्टीबाट निष्कासित

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुन्दन कुशवाहा र रामप्रीत रामलाई कारबाही गरेको छ । पार्टी विधान, नीति तथा कार्यक्रमका विरुद्धमा लागेका भन्दै कुशवाहा र रामलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभूषण साहले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको जानकारी दिएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए।
‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापना कालदेखि नै जनपक्षीय मुद्दाहरूमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठुलो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ । यसै बिच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा पार्टी विरोधी अवाञ्छित गतिविधिहरूमा संलग्न रहेको विषय पुष्टि भएकोले रामप्रीत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा उद्योग र कम्पनी दर्ताको दर घट्दो
-
जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
-
मकवानपुरको सुनाचुरीमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते
-
आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता
-
आमाको नामबाट नागरिकता लिन सकस, दशकदेखि धाउँदा पनि सुन्दैन सरकार
-
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना