यसरी भइरहेको छ राप्रपामा चैत १६ मा हुने जनप्रदर्शनको तयारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आन्दोलन परिचालन समितिले देशभरि आन्दोलन प्रशिक्षणको निमित्त प्रशिक्षकहरू खटाएको छ। आन्दोलन परिचालन समितिले यसअघि फागुन ९ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।
राप्रपाले राजसंस्था, हिन्दु राज्य स्थापन, सङ्घीयता खारेजी लगायतका विषयहरू समेटेर ४० बुँदे ज्ञापन पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको थियो।
राप्रपाले चैत १६ गते करिब १ लाख मान्छे काठमाडौँ उतार्ने र अवस्था बदल्न व्यवस्था बदलौ भन्दै आफ्ना मागहरू पूरा नहुन्जेल सम्म सङ्घर्ष गर्ने बताएको छ ।
राप्रपाले पहिलो चरण अन्तर्गत फागुन २३ गते जिल्लामा केन्द्रीय प्रशिक्षकहरूद्वारा १ दिने अनुशिक्षण कार्यशाला गोष्ठी गर्ने, फागुन २८ सम्म क्षेत्र, प्रदेश , पालिका, वडा तहसम्म १ दिने आन्दोलन सम्बन्धी अनुशिक्षण कार्यशाला गोष्ठी गर्ने र चैत १ देखि ४ सम्म जिल्लामा व्यापक रुपमा कोणसभाहरु गर्ने भएको छ ।
त्यसैगरी चैत ७ गते जिल्ला स्तरीय विरोध सभा गर्ने, चैत १० गते महानगर, उपमहानगरपालिकामा मोटरसाइकल र्याली गर्ने, चैत १४ गते पूर्व सुरक्षाकर्मीहरु द्वारा नेपाली झन्डा सहित मार्च पास गर्ने र जिल्लाबाट चैत १५ भित्र काठमाडौँ प्रवेश गरिसक्ने कार्यक्रम तय भएको छ ।
चैत १५ गते साँझ काठमाडौँमा विभिन्न ठाउँबाट मसाल जुलुस गर्ने, र चैत १६ गते काठमाडौँमा जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको महामन्त्री एवं आन्दोलन परिचालन समिति सदस्य सचिव कुन्ती कुमारी शाहीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राडा मोहनप्रसाद तिमल्सिना अभिनन्दन ग्रन्थ लोकार्पण
-
१० औँ राष्ट्रिय खेलकुद जेठमा नहुने
-
नगरकोट भ्रमण वर्ष तयारी पूरा
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की