उपसभामुख रानामगरको भिसामा समस्या, बेलायतमा कार्यक्रम रद्द
![उपसभामुख रानामगरको भिसामा समस्या, बेलायतमा कार्यक्रम रद्द](https://npcdn.ratopati.com/media/news/indira-rana-2_ZljY3cAv97.jpg)
लन्डन । संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरको बेलायत भ्रमण स्थगित हुँदा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन् । मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिसा’ का कारण रद्द भएको हो ।
अन्तिम समयमा उनको भ्रमण स्थगित भएपछि बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुखलगायतका नेताहरूसँगको भेटघाट स्थगित भएका हुन् । उनको उपस्थितिमा सातजना बेलायती सांसदसँग ननिङटनमा तय भएको च्यारिटी डिनरलागयात विभिन्न संघसंस्थासँगको अन्तरक्रिया पनि रद्द भएको संयोजक क्याप्टेन भीम सारुले जनाए ।
एनआरएनए यूके (प्रेम गाहामगर) पक्षको निमन्त्रणामा उपसभामुख रानामगरले बेलायत आउन आवेदन दिएको कूटनीतिक भिजा (एक्जेम्ट भिजा) का लागि उनको योग्यता नपुगेको प्रष्टीकरण बेलायतले दिएको छ । विदेशी मुलुकका सबै अधिकारीहरूलाई ‘इमिग्रेसन कन्ट्रोल’ छुट नहुने तथा सो छुट पाउन उपसभामुख रानामगरको पनि योग्यता नपुग्ने बेलायतले प्रस्ट पारेको छ ।
एनआरएनए यूके (प्रेम गाहामगर) पक्षले मार्च ३ तारिख आइतबार अल्डरसटस्थित प्यालेसमा आयोजना गर्ने अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रममा उपसभामुख रानामगर प्रमुख अतिथिको रूपमा सहभागी हुने कार्यक्रम थियो ।
त्यस्तै, मार्च ५ तारिख मंगलबार उनीसँग ‘वंशजको नेपाली नागरिकता सम्बन्धी मुद्दा’ मा एक अन्तरक्रिया तय थियो । यद्यपि नारी दिवस कार्यक्रम भने स्थगित नहुने गाहामगरले जनाए । निकट भविष्यमा अर्को कार्यक्रमको तय गरेर उपसभामुख रानामागरलाई सहभागिता गराइने गाहामगरले बताए । पूर्व निर्धारित कार्यक्रमअनुसार उपसभामुख रानामगर बेलायतमा एक साता रहने योजना थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
-
पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
फराकिलो जित निकाल्दै बार्सिलोना सेमिफाइनलमा, टोरेसले गरे ह्याट्रिक
-
महालक्ष्मीको बार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
फेरि बढ्यो अमेरिकी डलर भाउ, विदेशी मुद्रा कसको मूल्य कति ?
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?