राजनीतिक दलहरूको बिचमा सहमति र एकता आवश्यक : नेता शर्मा

कतार । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले राष्ट्रको विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका लागि राजनीतिक दलहरूको बिचमा सहमति, सहकार्य र एकता आवश्यक रहेको बताएका छन् । सत्ता गठबन्धनमा खटपटको चर्चा भइरहेको बेला नेता शर्माले राजनीतिक दलहरूको बिचमा सहमति, सहकार्य र एकतामा जोड दिएका हुन् ।
जनप्रगतिशील मञ्च कतारको छैटौँ महाधिवेशनलाई शुक्रवार कतारको राजधानी दोहामा सम्बोधन गर्दै शर्माले आंशिक गठबन्धन नभई वर्तमान अवस्थामा संसदमा रहेका मुख्य दलहरूको बिचमै एकता हुनुपर्ने धारणा राखे ।
‘अब आंशिक गठबन्धन होइन, संसदमा रहेका मुख्य दलहरूको बिचमा एकता भएर राष्ट्र निर्माणमा लाग्नुपर्छ’, शर्माको भनाइ थियो, ‘नत्र राजनीतिक स्थायित्व, विकास र समृद्धि हुन सक्दैन ।’ आम जनताको तागतलाई एकीकृत गर्दै राजनीतिक स्थायित्वद्वारा आर्थिक समृद्धि सम्भव रहेको पनि उनले बताए ।
यस्तै अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलको बहुमत आउनसक्ने अवस्था नरहेकाले पनि सहमति र सहकार्य अपरिहार्य रहेको उनको धारणा थियो । ‘हाम्रो संवैधानिक व्यवस्थाअनुसार कुनै पार्टीको बहुमत आउने अवस्था छैन । त्यसको विकल्प भनेको सहमति हो । राजनीतिक पार्टीहरूबिचको सहमतिलाई भने संविधानले रोक्न सक्दैन’, उनले भने ।
शर्माले विदेशमा रहेका नेपाली श्रमिकको समस्या समाधान गर्न पार्टी गम्भीर रहेको भन्दै आफ्नो तर्फबाट पहलकदमी लिने प्रतिबद्धता जनाए । अर्को प्रसङ्गमा शर्माले पार्टीभित्र पनि जनवादको अभ्यास गर्ने भनेर विधान अधिवेशन गरेको भन्दै सोहीअनुसार कमिटी चयन गर्दा लोकतान्त्रिक प्रक्रियामा जाने भनेर निर्णय लिइएको बताए । अझै पनि यो सन्दर्भमा सुधार हुँदै जाने उनको विश्वास थियो ।
कार्यक्रममा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्तले देशमा राजनीतिक परिवर्तन भए पनि अब देशको आर्थिक समृद्धिका लागि सबै जाग्नुपर्ने बेला आएको बताए । त्यसमा पनि प्रवासमा रहेका नेपालीको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।
यस्तै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले समृद्ध नेपाल निर्माणका लागि विदेशमा रहेका नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले प्रवास समन्वय समिति विदेशमा रहेका नेपालीहरूको सुख दुःखमा हरहमेसा रहने प्रतिबद्धता जनाए । उनले नेपालीहरूको समस्या समाधान गर्न राजदूतावासहरू गम्भीर बन्नुपर्ने भन्दै कतिपय राजदूतहरूकै बारेमा पनि प्रश्न उठेकोबारे आफूहरू जानकार रहेको बताए ।
जनप्रगतिशील मञ्चका नेता डीबी क्षेत्रीले श्रमिकका मुद्दा उठाउने पार्टी नै माओवादी रहेको दाबी गर्दै पार्टी संगठनमा जोडिन प्रवासी नेपालीहरूलाई आग्रह गरे । यस्तै अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष आरके शर्माले समृद्ध नेपाल निर्माण गर्नका लागि बिदेसिएका मजदुरहरू एक भएर कलेक्टिभ इन्भेस्टमेन्टमा लाग्नु अपरिहार्य रहेको बताए ।
नेपाल सरकार र सम्पूर्ण राजनीतिक दलले बिदेसिएका मजदुरहरूको मुद्दा सम्बोधन नगरे उनीहरूलाई नै अघि बढ्न गाह्रो भएको बताए । कार्यक्रममा मञ्चका अध्यक्ष बुद्धि भण्डारी, क्षेत्रीय संयोजक शनि कुमार ओलीसहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान