इलाम–२ उपनिर्वाचन : मिलन लिम्बूलाई सहयोग गर्ने हर्क साम्पाङको आश्वासन !

विराटनगर । धरानका प्रमुख हर्क साम्पाङले स्वतन्त्र उम्मेदवारको रुपमा आए इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पत्रकार मिलन लिम्बूलाई सघाउने आश्वासन दिएका छन् ।
प्रमुख साम्पाङसँग भेट गर्न धरान आइपुगेका पत्रकार लिम्बूले साम्पाङले आफूलाई सहयोग गर्ने आश्वासन दिएको जानकारी दिए । ‘स्वतन्त्र रुपमा चुनावमा उठेको खण्डमा मेरो सहयोग रहन्छ,’ साम्पाङले भनेको कुरा उद्धृत गर्दै लिम्बूले भने ।
प्रमुख साम्पाङसँग सामान्य कुरा भएको बताउँदै लिम्बूले औपचारिक निर्णय भने नभएको बताए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुन लागेको हो ।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारको खोजी गर्दै स्टाटस लेखिरहेका छन् । आम जनताले स्वतन्त्र उम्मेदवारलाई जिताउनु पर्ने उनको जिकिर छ । ‘यसपालि इलामेली जनताले स्वतन्त्र उम्मेदवारलाई चुन्नु होला ! उहिलेका र अहिलेका पार्टीहरुले केही गर्दैनन् । उल्टो केही गर्न चाहनेहरुलाई समेत सिध्याउन खोज्छन्, खुट्टा तान्छन् । चेतनाको परिचय दिनु होला,’ उनले लेखका छन् ।
उता आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय महासचिव रहेका लिम्बूले पनि आफू स्वतन्त्र रुपमा चुनावमा उठ्ने घोषणा गरिसकेका छन् । इलाम माङ्सेबुङका स्थायी बासिन्दा लिम्बू हाल काठमाडौँबाट प्रकाशित दृष्टि अनलाइनको सम्पादक छन् ।
एमालेले सो क्षेत्रबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने बढी सम्भावना छ । कांग्रेसबाट डम्बरबहादुर खड्काले पनि आफू उम्मेदवार बन्ने बताइसकेका छन् । खड्का गत वर्ष भएको निर्वाचनमा नेम्वाङसँग ११४ मतले पराजित बनेका थिए । एमाले नेता नेम्वाङ भने २०५६ सालयताका हरेक निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए । उपनिर्वाचनमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पहिचानवादी शक्तिहरुले पनि छुट्टाछुट्टै उम्मेदवारी दिने जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी कोषका योगदानकर्तादेखि कर्मचारीलाई गङ्गालालमा छुट
-
१२ बजे, १२ समाचार : टोखामा सुटर पक्राउ गर्न प्रहरीले गोली चलायोदेखि विप्लवले कालिकोटमा गरे भेडा फार्मको उद्घाटनसम्म
-
रियल सोसिडाडलाई हराउँदै शीर्ष स्थानमा बार्सिलोनाको पुनरागमन
-
मादी गाउँपालिका स्थापना दिवसमा खुला भलिबल प्रतियोगिता
-
कालिकोटमा विप्लवले गरे भेडा फार्मको उद्घाटन
-
पाख्रिवास एमालेमा विवाद, प्रदेश अध्यक्ष खतिवडाको निर्देशन पालना भएन