परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले परिणाम प्राप्त गर्नेगरी सरकारले काम गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले सरकारले विभिन्न विषयमा विज्ञहरु बोलाएर छलफल गरेपनि परिणाम ननिस्किएको भन्दे जनतालाई परिणाम दिनेगरी काम गर्न आवश्यक रहेको बताए । उनले सरकारले बनाएका योजना, नीतिहरुमा त्रुटि भए सच्याउन जरुरी रहेको बताए । उनले परिणाम किन निस्किएन भन्नेबारेमा समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले जनताको आलोचनालाई कदर गरेर अघि बढ्न सुझाव दिए । उनले नेपाल प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको पनि बताए ।
उनले भने,‘हाम्रो देश प्राकृतिक विविधताले, सम्पन्नताले भरिपूर्ण भएको देश पनि हो । तालैताल, नदीनालाहरु, वनस्पतिहरु, चराचुरुंगीहरुदेखि लिएर अनेक जाति, जनजातिहरुले भरिएको । अनेकौँ भाषा र संस्कृतिले भरिएको यो देश नेपाल आफैँमा पनि गौरवशाली देश हो । चितवनमा पनि ति विविधता देख्ने गर्दछौँ । भरतपुर महानगरपालिकालाई अघि बढाउन तपाईहरुले जुन प्रयत्न र प्रयास गर्दै हुनुहुन्छ, त्यो महत्त्वपूर्ण छ । हामी सबै गम्भीर हुनुपर्ने बेला आएको छ । विज्ञहरुलाई बोलाएर छलफल भएको छ । तर परिणाम आएको छैन । परिणाम कसरी पाउन सकिन्छ, हाम्रा नीति, योजना, काममा कहाँ त्रुटि छन् त्यसको समीक्षा गर्नुपर्छ । जनताका आलोचनालाई कदर गर्नुपर्छ ।’
अध्यक्ष नेपालले सबै मिलेर काम गर्दा देश सम्पन्न हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्