निजी क्षेत्रका छाता सङ्गठनको एक स्वर– बैंकिङ क्षेत्रमा सरकारको हमलाले नकारात्मक प्रभाव पार्छ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बैंकका कर्मचारी पक्राउ परेपछि आपत्ति जनाएका छन् । आज संयुक्त विज्ञप्ति जारी गर्दै यी संस्थाले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारी पक्राउविरुद्ध आपत्ति जनाएका हुन् ।
यी संस्थाका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनहरू भित्र रहेर बैंकिङ कारोबार भइरहेको जनाएका छन् । धितो मूल्याङ्कनलाई आधार बनाउन दिइएको कर्जाका सम्बन्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू पक्राउ गरिएको घटनाले व्यावसायिक छाता सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ ।
वैंक वित्तीय संस्थाहरूले विद्यमान ऐन तथा केन्द्रीय बैङ्कबाट जारी भएका निर्देशनहरूको अधीनमा रही आफ्ना नीति तथा कार्यविधि बमोजिम अधिकार क्षेत्रभित्र रहेर निक्षेप सङ्कलन तथा कर्जा लगानी गर्ने कार्य सञ्चालन गरी आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा कुनै पनि लगानी सम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवम् नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको विज्ञप्तिमा लेखिएको छ ।
यस सन्दर्भमा, व्यवसायीक कर्जाको हकमा उद्योग व्यवसायको कारोबार प्रकृति अनुसार स्थिर पुँजी तथा चालु पुँजीतर्फ भिन्न भिन्न प्रकारका कर्जा प्रवाहित हुँदै आएका छन् । स्थिर पुँजी कर्जातर्फ उद्योगले लगानी गरेका जग्गा, भवन, मेशिनरी आदीको निमित्त सोही सम्पत्ति धितो राखी कर्जा उपलब्ध पाउँछन् । यद्यपि, कर्जाको मूल्याङ्कन नियमानुसार नै हुने भए पनि मानवीय त्रुटी वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीहरूलाई प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्छ भन्नेमा दुई मत नरहेको बताइएको छ ।
अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने निष्कर्ष निकालेका निजी क्षेत्रका छाता संगठनले बैंकिङ क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले नकारात्मक असर पर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइजेरियाका ओलावालेले एनएसएलको तेस्रो संस्करण पनि धनगढी एफसीबाटै खेल्ने
-
भन्सार छलीका अबैध समानसहित ट्रक नियन्त्रणमा
-
अनेरास्ववियुको ३५२ र नेविसंघको ३१० क्याम्पसमा संगठन दर्ता
-
एमाले मोरङको १० औँ अधिवेशन : आज मतदान
-
दुर्गेशको आक्रोश : बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनु भयो !
-
अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड