मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

क्यानडामा निकासी बढाउन पहल गर्ने राजदूत पौडेलको प्रतिबद्धता

शुक्रबार, १८ फागुन २०८०, १६ : २९
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । क्यानडाका लागि नवनियुक्त राजदूत भरतराज पौडेलले नेपाली वस्तुको निकासी प्रवर्द्धन गर्न निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल–क्यानडा उद्योग वाणिज्य सङ्घले राजदूत पौडेललाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रममा पौडेलले क्यानडामा नेपाली वस्तुको निकासी बढाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेपाली र क्यानेडियन व्यवसायीबिच (बीटूबी) अन्तरक्रिया बढाउनेमा आफू केन्द्रित रहने पनि उनले बताए । ‘बीटूबी अन्तरक्रिया मेरो कार्यसूचीको प्राथमिक विषय मध्येमा छ,’ उनले भने । क्यानडामा आयोजना हुने ठुला व्यापारिक मेलाहरूमा नेपाली व्यवसायीको सहभागिताको लागि नियोगले पहल गर्ने उनको भनाई छ ।

संघका अध्यक्ष रतनलाल केडियाले नेपाल र क्यानडाबिचको व्यापारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले सङ्घ स्थापना भएको बताए । यसले द्विपक्षीय व्यापार, पर्यटन र लगानी प्रवर्द्धनको लागि काम गर्ने उनको भनाई छ । नेपाली वस्तुले क्यानेडियन बजारमा पाइरहेको भन्साररहित प्रवेश सुविधाको अवधि सन् २०२६ पछि पनि बढाउन नेपालले तत्कालैदेखि क्यानडा सरकारसँग छलफल गर्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप