भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग
शुक्रबार, १८ फागुन २०८०, १६ : २३

काठमाडौँ । भरतपुर महानगरपालिकाले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितका लागि आर्थिक सहयोग गरेको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितको सहयोगका लागि भरतपुर महानगरले एक करोड रुपैयाँ सहयोग गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी महानगरका मेयर रेणु दाहालले प्रधानमन्त्री प्रचण्डलाई शुक्रवार एक करोड रकमको चेक हस्तान्तरण गरेकी हुन् । सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। गत कार्त्तिक १९ गते बसेको महानगर कार्यपालिकाको बैठकले भूकम्प पीडितलाई एक करोड आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने