बहराइनविरुद्धको विश्वकप छनोट फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकट भविष्यमा हुने पुरुष विश्वकप छनोट फुटबलको दोस्रो चरणको बहाराइनविरुद्धको खेलका लागि शुक्रबार आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
एन्फाले घोषणा गरेको प्रारम्भिक टोलीमा गोलरक्षकका रुपमा अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ रहेका छन् । डिफेन्डरका रुपमा अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र बीके, रोहित चन्द, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ रहेका छन् ।
यसैगरी मिडफिल्डरमा एरिक बिष्ट, विकाल तामाङ, कृतिषरत्न छुन्जु, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ठकुरी र उत्सव राई रहेका छन् । स्ट्राइकरमा अञ्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव बिष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार