८ दशमलव ४ प्रतिशतले बढ्यो भारतीय अर्थतन्त्र
नयाँ दिल्ली । भारतीय अर्थतन्त्रले विश्वमा सर्वाधिक तीव्र गतिमा बढिरहेको मुख्य अर्थतन्त्रको उपाधि जोगाएको छ । सन् २०२३ को अन्तिम तीन महिनामा त्यहाँको अर्थतन्त्र ८ दशमलव ४ प्रतिशतले बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले माइक्रो ब्लगिङ वेबसाइट एक्समा डिसेम्बर त्रैमासको आर्थिक तथ्याङ्कबारे एउटा पोस्ट गरेका थिए ।
आगामी केही वर्षमा जर्मनी र जापानलाई उछिनेर भारत विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने क्रममा रहेको छ । कारखाना क्षेत्रको सुदृढ प्रदर्शनका कारण समीक्षा अवधिको आर्थिक वृद्धिदर अपेक्षाकृत बढी भएको हो । अक्टोबर–डिसेम्बर त्रैमासमा भारतको म्यानुफ्याक्चरिङ क्षेत्र ११ दशमलव ६ प्रतिशतले बढेको थियो ।
जीडीपीको दुई तिहाइ अनुपात ओगटेको निजी खपत पनि समीक्षा अवधिमा साढे ३ प्रतिशतले बढेको थियो । यो वर्ष भारतको अर्थतन्त्र साढे ६ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय बहुपक्षीय कर्जादाता निकाय आईएमएफको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई