नामिबियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दियो

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिने नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिलो ब्याटिङको निम्ता दिएको हो ।
जारी शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । नेपाल यसअघि आफूले खेलेको दुबै खेलमा पराजित भएको छ । नेपाललाई पहिलो खेलमा नामिबियाले २० रनले र दोस्रो खेलमा नेदरल्यान्ड्सले दुई रनले हराएको थियो ।
नामिबियाले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । नामिबिया आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो । शृंखलामा तेस्रो टोलीको रुपमा सहभागी नेदरल्यान्ड्सले पनि दुई खेल खेलिसकेको छ ।
नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । त्यसैले नेपालले जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न शुक्रबारको खेलमा नामिबियालाई हराउनै पर्ने हुन्छ । प्रतियोगिताको लिग चरणमा तीनवटै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ । त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् ।
जारी शृंखलामा नेपालले आफ्नो अन्तिम खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नेदरल्यान्ड्स र नामिबियाबिच खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल भने मंगलबार खेलिने छ । निकट भविष्यमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो । नेपाल, नामिबिया र नेदरल्यान्ड्स तीनवटै राष्ट्र टी–२० विश्वकपमा छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान