प्रतिनिधिसभा बैठक राप्रपाले अवरोध गर्ने
शुक्रबार, १८ फागुन २०८०, ०९ : २७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको छ । मिटरब्याज पीडितको माग सरकारले सम्बोधन नगरेकोले बैठक अवरोध गर्न लागिएको सो पार्टीले जनाएको छ ।
बैठक आज बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको छ । साथै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन् ।
बैठकमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको 'अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिशत बढी विदेशी फिल्म प्रदर्शन