युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्ने रुसी राष्ट्रपति पुटिनको चेतावनी

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् ।
रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरूले सघाएको भन्दा कडा आलोचना गरे । साथै उनले पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने पनि चेतावनी दिए ।
उनले आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रुस नहुने पनि कडा शब्दमा चेतावनी दिए । रुस आणविक हतियारले सुसज्जित रहेको भन्दै आफूसँग नखेल्न चेतावनी पनि दिए । उनले भने, ‘पश्चिमा देशहरूले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला गरिरहेका छन् ।’ रुसले युरोपमा आक्रमण गर्ने कुनै योजना नबनाएको बताउँदै युक्रेन युद्ध जित्ने योजनामा केन्द्रित भएको बताए ।
पुटिनले राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा पनि जनतासँग अपिल गरेका थिए । रुसमा मार्च १५–१७ सम्म चुनाव हुँदै छ । उनी नै पुनः ६ वर्षका लागि निर्वाचित हुने पक्का छ । पुटिनले रुस संसारको सबैभन्दा ठुलो आणविक हतियार भएको देश आफ्नो रहेको बताउँदै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको पनि रुसी समाचार एजेन्सी टासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान
-
ललितपुर महानगरको विकास कसैले रोकेर रोकिँदैन: मेयर महर्जन
-
प्रतिनिधिसभा बैठकमा आज दलीय आधारमा नेताहरूले धारणा राख्ने (कार्यसूचीसहित)
-
विमलराज र शान्तारानीको गीतमा नाचे हङकङबासी नेपाली
-
एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर