टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नामिबिया भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल
काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।
नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ । नेपाल र नामिबियाबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पाजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ । तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतीक्षा हुने छ ।
जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन् । फाइनल खेल मंगलबार हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालद्वारा ओमानलाई एक सय ७७ रनको चुनौती
-
सन् २०२० पछि ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग
-
पाकिस्तान सरकारको निर्णय : संस्थानहरूको निजीकरण गर्ने, नभए बन्द गर्ने
-
चांगानले पोखरामा सार्वजनिक गर्यो दिपल ईभी
-
महालक्ष्मी विकास बैंकद्धारा चणिकलाल तामाङलाई १ लाख नगदसहित सम्मान
-
अवरुद्ध यातायात सञ्चालन पहिलो प्राथमिकतामा : भौतिक पूर्वाधारमन्त्री दाहाल