भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो, निगमद्वारा मूल्य यथावत् राख्ने निर्णय
बिहीबार, १७ फागुन २०८०, २१ : ५४
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर क्रमशः रु ०.२१ र रु ०.८५ ले बढेर आएको छ।
साथै, एलपी ग्यासको मूल्य पनि प्रति सिलिण्डर रु २१.६६ ले बढेर आएको छ । तर, निगमले हाललाई खुद्रा मूल्य नबढाई यथावत् राख्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यद्यपि मूल्य बढ्दा ग्यासको भाउ प्रति सिलिण्डर ३२५.०९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ । ‘उपभोक्ताको हितलाई ध्यानमा राखी हाललाई पेट्रोल, डिजेल/मट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि
-
कांग्रेस, एमाले र माओवादीबाट देश बन्छ भनेर पर्खिने छुट छैन : अध्यक्ष लिङ्देन
-
यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)
-
घट्यो ब्याजदर
-
सुनुवाइ समितिबाट न्यायपरिषद सदस्यमा खड्काको नाम अनुमोदन
-
कुल विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले वृद्धि