काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायीमाथि हातपात भएको विरोधमा श्रमजीवी स्वरोजगार सडक व्यापारीले प्रदर्शन गरेका छन् ।
बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । सडक व्यापारीले उक्त घटनामा संलग्न महानगर प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।
काठमाडौँ महानगरको जननिर्वाचित नागरिक नेतृत्वले धैर्यताकासाथ संवादको माध्यमबाट समस्याको समाधान गर्ने प्रयास गर्नुपर्नेमा महानगर प्रहरी परिचालन गरी सडक व्यापारीलाई गम्भीर घाइते बनाएको र उनीहरूको सामान लुटपाटको शैलीमा जफत गरेको भन्दै विरोध जनाइएको हो ।
प्रतिक्रिया