राजस्व चुहावट मुद्दामा फरार प्रतिवादी पक्राउ
![राजस्व चुहावट मुद्दामा फरार प्रतिवादी पक्राउ](https://rpcdn.ratopati.com/media/albums/arrest-pakrau-handcuff-jail_fnrOCbJnR7_EH64h5hlju_eAXzrKjxEh.jpg)
काठमाडौँ । राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी धादिङ वेनिघाट रोराङ गाउँपालिका-५ ठेगाना भएकी न्यू समिक्षा सप्लायर्सकी प्रोप्राइटर २९ वर्षीया कुमारी गुरूङ र पर्सा वीरगंज महानगरपालिका-८ ठेगाना भएका सोही सप्लायर्सका बैंक खाता संचालक ४१ वर्षीय प्रदिप कुमार गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७९ भदौ २५ गतेको फैसलाले राजस्व चुहावट मुद्दामा जनही १/१ वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५ सय ३० रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले चितवन भरतपुरबाट पक्राउ गरेको हो ।
उनीहरूले न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी एकआपसमा मिलेमतो गरी मालवस्तु खरिद बिक्री नगरी नक्कली कर बिजक जारी गरी सङ्कलन भएको मूल्य अभिवृद्धि कर र आम्दानीमा कानुन बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेकोमा अदालतले उनीहरू विरुद्ध उक्त कैद तथा जरिवाना सजाय फैसला गरेको थियो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पाइप फुट्दा बबरमहलमा बिजोग, अध्यादेशमा विकल्पको खोजीमा सरकार
-
संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा
-
पशुपति बालुवाखानी भ्रष्टाचारः एमाले नेता कुइँकेललाई ६ वर्ष जेल सजाय
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
अर्थमन्त्रीले गरे सहसचिवको कार्य विभाजन, भन्सारमा भट्टराई, राजश्वमा दाहाल
-
जनयुद्ध दिवसमा नुवाकोटका चार स्थानीय तहले दिए सार्वजनिक बिदा