एक्समा फोन कल र भिडियो कलिङको सुविधा

काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलेको ट्विटर)मा पछिल्लो समय एक पछि अर्को गर्दै फिचर थपिएका छन् । एक्स प्रयोगकर्ताहरूले प्लेटफर्मबाट फोन कल र भिडियो कल गर्न सक्नेछन् ।
खास कुरा त के छ भने यसका लागि एक्सको प्रिमियम पनि किन्नु पर्दैन । यस अघि कम्पनीले यो सुविधा प्रिमियम युजरहरूलाई मात्रै दिएको थियो । अब सबै एक्स प्रयोगकर्तालाई यो फिचर उपलब्ध गराइएको छ । यसले मेटाको ह्वाट्सएपजस्ता सेवालाई कडा टक्कर दिने अपेक्षा कम्पनीको छ ।
‘हामीले बिस्तारै बिस्तारै प्रिमियम चलाउने बाहेकका प्रयोगकर्ताहरूका लागि पनि अडियो र भिडियो कलिङ सुरु गरिरहेका छौँ, यो सेवा ट्राई गर्नुस् !’ एनरिक ब्यारागन नाम गरेका एक्सका इन्जिनियरले एक्समा एउटा पोष्टमा यो सुविधाबारे खुलासा गर्दै लेखेका छन् ।
प्रयोगकर्ताले फलो गरेको वा एड्रेसमा रहेका एक्स एकाउन्टबाट मात्रै कल गर्न वा पाउन सकिनेछ । कलबाट जोडिने दुवै एकाउन्टले कम्तीमा एक पटक प्रत्यक्ष म्यासेजमार्फत अन्तरक्रिया गरेको हुनु पर्नेछ । आफूले फलो गरेको व्यक्तिको मात्रै फोन आउन सक्ने गरी सेटिङ मिलाउन पनि सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’