यी हुन् नेपालबाट निर्यात हुने प्रमुख १० वस्तु

काठमाडौँ । चालू आर्थिक वर्षमा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा फलामे पाता परेको छ । अर्थ मन्त्रालयका अनुसार पुस महिनासम्ममा ६ अर्ब १३ करोड रुपैयाँको फलामे पाता निर्यात भएको छ । गत आर्थिक वर्षको महिनामा नेपालबाट २ अर्ब ७७ करोड रुपैयाँको फलामे पाता निर्यात भएको थियो । यो गत वर्षको तुलनामा आएको १२० प्रतिशतको वृद्धि हो ।
यसपछि, यस अवधिमा ५ अर्ब ७० करोड रुपैयाँको सेन्थेटिक यार्न निकासी भएको छ । गत वर्षको यही अवधिमा यो वस्तुको निर्यात मूल्य ५ अर्ब ९४ करोड रुपैयाँ थियो । यो ४.१ प्रतिशतको गिरावट हो । यसबाहेक, उनी गलैँचा कार्पेटको निर्यात ५ अर्ब २३ करोडको भएको छ । यो गत वर्षको तुलनामा ४.३ प्रतिशतको गिरावट हो । गत वर्ष ५ अर्ब ४६ करोडको उनी गलैँचा कार्पेटको निर्यात भएको थियो ।
यस्तै, यस अवधिमा ४ अर्ब ६७ करोडको तयारी कपडाको निर्यात भएको छ भने अलैँची ३ अर्ब ९० करोडको, फलफूलको जुस ३ अर्ब ८० करोडको, प्लाइउड ३ अर्ब ५३ करोडको र प्रशोधित पाम तेल २ अर्ब ९० करोडको निर्यात भएको छ । जमौठ कपडा २ अर्ब ४७ करोडको निर्यात हुँदा जुटका बुनिएका कपडाको निर्यात मूल्य २ अर्ब ४४ करोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको चुकदेखि बालेनको अल्टिमेटमसम्म
-
युट्युबर गंगा लामा पक्राउ
-
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनबाट सात विधेयक पारित