गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघ्यो

गाजा । गत अक्टोबरदेखि सुरु भएको इजरायल र हमासबिचको द्वन्द्वमा परेर गाजामा मारिनेको सङ्ख्या ३० हजार नाघेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । इजरायले अहिले पनि प्यालेस्टिनी भूमिमा हवाईदेखि स्थल कारबाही जारी राखेको छ ।
इजरायलमाथि अन्तर्राष्ट्रिय समुदायले युद्धबिरामको दबाब बढाए पनि अमेरिकाको समर्थनमा उसले आफ्नो अभियान अघि बढाइरहेको छ । संयुक्त राष्ट्र संघमा तत्काल युद्धविरामको प्रस्तावविरुद्ध अमेरिकाले भिटो प्रयोग गर्दै आइरहेको छ ।
हाल अधिकांश प्यालेस्टिनी जनता गाजाको दक्षिणी सहर राफामा खाँदिएर बसेका छन् । त्यहाँ करिब १० लाख जनता बस्दै आएका छन् । अब इजरायलले सो क्षेत्रमा पनि कारबाही अघि बढाउने तयारी गरेपछि मृतकको सङ्ख्या अझै बढ्नेमा चिन्ता व्यक्त गरिएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले मारिनेमा हमासका लडाकु र सर्वसाधारणको सङ्ख्या छुट्याउँदैन । तर, मारिनेमा ७० प्रतिशत महिला र बालबालिका रहेको बताइएको छ । इजरायलले अक्टोबर ७ पछिको आफ्नो कारबाहीमा कम्तीमा १० हजार हमास लडाकु मारिएको बताएको छ ।
सो दिन हमासका लडाकुले गरेको कारबाहीमा इजरायलमा १२ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस दिन २५० जनालाई अपहरण गरेर गाजा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण
-
तीनकुने घटना : मानव अधिकार आयोगको मौनता
-
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाएका छन् : साह
-
फेरि अड्कियो रणवीर सिंहको डन ३