अपराध
सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार, राजधानीबाट एक जना पक्राउ
बिहीबार, १७ फागुन २०८०, १५ : ५१

काठमाडौँ । ढलको फोहोर सफाइमा प्रयोग सेफ्टी ट्याङ्करमा लुकाएर लागु औषध कारोबार गर्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जम्मुडाँडास्थित सडक किनारबाट सर्लाही ठेगाना भएका ३४ वर्षीय नविन मोक्तानलाई पक्राउ परेको हो ।
ब्युरोका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार लागु औषध कारोबार गर्ने शंकास्पद व्यक्तिलाई पछ्याउँदै जाने क्रममा फागुन १६ गते राति सडक किनारमा रोकी राखेको ना ८ख २०२२ नम्वरको सेफ्टी ट्याङ्करको सिटमुनि ४७५ बोतल लागुऔषध फेला परेको थियो ।
सो क्रममा मोक्तानसहित उक्त लागु औषध ओसारपसारमा प्रयोग गरिएको सेफ्टी ट्याङ्कर समेत बरामद गरी सो सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रेयस-इशान बीसीसीआईको केन्द्रीय सम्झौतामा फर्किए, रोहित-विराट ए प्लस ग्रेडमा कायमै
-
खेलकुदमार्फत खेल पर्यटनको विकास गर्न सकिन्छ : सभामुख घिमिरे
-
९ महिनामा ४७ अर्बको खाद्यान्न आयात, निर्यात कति ?
-
एसियन कप छनोटलाई ध्यानमा राखी महिला टोलीको प्रमुख प्रशिक्षक खोज्दै एन्फा
-
किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
-
वन क्षेत्रमा निजी विद्यालय, ठाउँ खाली गर्न वन कार्यालयको निर्देशन