पुष्पा–२ : एउटै फाइट सिनमा ५० करोड भारु खर्च
![पुष्पा–२ : एउटै फाइट सिनमा ५० करोड भारु खर्च](https://npcdn.ratopati.com/media/news/capture_JDDt7qvbXg.png)
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको पुष्पा–२ बुहप्रतिक्षित फिल्म मध्येमा पर्दछ । यति बेला अल्लु अर्जुनका अधिकांश फ्यान पुष्पाः द रुल कहिले आउँला भनेर उत्सुकताका साथ कुरिरहेका छन् । फिल्मको हरेक अपडेट नियालिरहेका छन् ।
निर्माण पक्षले फिल्मको एउटा फाइट सिनको सुटिङमा ठुलो धनराशि खर्च गरेका छन् । यो दृश्य करिब ३० मिनेट लामो भएको र यसको सुटिङका लागि ३५ दिन खर्च गरिएको बताइएको छ । यसमा निर्माताहरुले सानो तिनो फिल्म नै बन्ने पैसा खर्च गरेका छन् । खबरका अनुसार यो दृश्य छायाङ्कन गर्न ५० करोड भारु खर्च गरिएको छ ।
सुकुमारको लेखन र निर्देशनमा सन् २०२१ मा ‘पुष्पाः द राइज’ रिलिज भएको थियो । खासै धेरै प्रमोसन नगरिएको यो फिल्म ब्लकबस्टर साबित भयो । २०० करोड भारु लागतमा बनेको फिल्मको पहिलो भागले ३७० करोडभन्दा बढीको व्यापार गरेको थियो । फिल्म सुपरहिट भयो । संवाद, कथा र नृत्यले समेत निकै प्रशंसा पायो । निर्माताहरूले फिल्मको दोस्रो भाग बनाइरहेका छन् । यो फिल्मको बजेट ५०० करोड भारु आसपास छ ।
अन्तिम चरणमा छ ‘पुष्पा २’ को छायाङ्कन
‘पुष्पा २’को छायाङ्कन अन्तिम चरणमा पुगेको छ । फिल्म यही अगस्ट १५ मा रिलिज हुँदै छ । गएको वर्ष अल्लु अर्जुनले फिल्ममा आफ्नो फर्स्ट लुक पोस्टर सेयर गरेका थिए । यसमा उनले सारी लगाएका थिए र उनको अनुहार निलो र रातो रंगमा रंगिएको थियो । पछि फिल्ममा फहद फासिलको लुक पोस्टर पनि रिलिज भयो । फ्यानहरू अहिले रश्मिका मन्डन्नाको लुक पोस्टरको प्रतीक्षामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ
-
बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार
-
सांसद बलायरको प्रश्न: सुदूरपश्चिम प्रदेशले राजधानी कहिले पाउँछ ?
-
सरकार नियमावलीको आधारमा कानुन बनाएर भ्रष्टाचार गर्न तयार छ : सांसद लामा
-
सरकारले ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै औचित्य छैन : सांसद श्रेष्ठ
-
दक्षिण अफ्रिकाका ब्याटरले डेब्यू खेलमा नै बनाए विश्व कीर्तिमान