दुधको भुक्तानी नपाएपछि किसानले गरे प्रदर्शन (तस्बिरहरु)

बुटवल । दुधको मूल्य माग्दै किसानहरुले प्रदर्शन गरेका छन् । बिहीबार बुटवलमा दुग्ध किसानहरुले प्रदर्शन गरेका हुन् । बुटवलस्थित चौराहामा प्रदर्शन गर्न पुगेका किसानलाई प्रहरीले घेराबन्दी गरी प्रदर्शनलाई विफल पारेको थियो ।
किसानले कृषि मन्त्री राजीनामा दे, कृषकलाई दुधको मूल्य भुक्तानी गर, दुधको आयात बन्द गर, बिचौलिया मुर्दावाद लगायतका नारा लगाउँदै किसानहरुले प्रदर्शन गरेका थिए । दुध बिक्रीको रकम भुक्तानी नभएको भन्दै दुग्ध किसानहरु आन्दोलित हुँदै आएका छन् ।
लामो समयसम्म पनि दुधको भुक्तानी नपाएपछि गाई भैँसीलाई दाना खुवाउन, बैङ्कको ब्याज तिर्न र घर खर्च चलाउन कठिन भएको दुग्ध उत्पादन सहकारी संघ रुपन्देहीका उपाध्यक्ष खेम पाण्डेयले बताए । दुधको भुक्तानी नपाएपछि किसानहरुले यही फागुन १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
यसअघि किसानहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका थिए । दुग्ध विकास संस्था (डीडीसी) लुम्बिनी प्रदेश कार्यालयले यहाँका किसानहरुको १० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त