फोटोफिचर
‘कोशी प्रदेश’ नामकरणको एक वर्ष : काठमाडौँमा कालो दिन मनाइयो (तस्बिरहरु)
बिहीबार, १७ फागुन २०८०, १४ : ००
![‘कोशी प्रदेश’ नामकरणको एक वर्ष : काठमाडौँमा कालो दिन मनाइयो (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/kk_cK8zTDpYqR.jpg)
काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् ।
गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीमा कालो दिन मनाएको छ ।
काठमाडौँको उपत्यकामा बसोबास गर्ने पहिचान पक्षधर कोशी प्रदेशबासीहरुले तिनकुनेमा कोशी नाम खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले फागुन १६ लाई कालो दिनको रुपमा लिँदै प्रदर्शन गरेका हुन् ।
सो क्रममा उनीहरुले कोशी नामकरण खारेजीको माग लेखिएका विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिक र अशक्तका लागि निःशुल्क घरदैलो स्वास्थ्य सेवा
-
रातोपाटी ब्रिफिङ : पाथीभरा क्षेत्र फेरि अशान्तदेखि सशस्त्रका तीन एसएसपी डीआइजी बढुवाका लागि सिफारिससम्म
-
रिंकु सदा मृत्यु प्रकरण : बलात्कार र मिलापत्र आरोपमा ८ जनामाथि मुद्दा
-
सशस्त्रका ३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
ट्रम्प ‘विश्वको सम्राट’ बन्न चाहनुहुन्छ : राष्ट्रपति लुला
-
धोविखोलामा लगातार गाडी खसेपछि प्रहरीको अस्थायी जुक्ति