सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
क्रिकेट

कीर्तिपुर मैदानमा बन्यो कीर्तिमानी रन

बिहीबार, १७ फागुन २०८०, १३ : ४०
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा कीर्तिमानी रन बनेको छ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको छ ।

कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन हो । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै उक्त रन बनाएको हो । अब नेदरल्यान्ड्सलाई हराउन नामिबियाले दुई सय ४८ रन बनाउनु पर्नेछ ।

नेदरल्यान्ड्सले बिहीबार नेपालको कीर्तिमान तोडेको हो । यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ तारिखमा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो ।

नेदरल्यान्ड्सले त्यही कीर्तिमान तोडेको हो । कीर्तिपुर मैदानमा बनेको तेस्रो ठूलो स्कोर पनि नेपालकै नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी–२० क्रिकेटमा भुटानविरुद्ध तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप