हडतालमा उत्रिँदैछन् भारतमा करोडौँ कर्मचारी
नयाँ दिल्ली । पुरानो पेन्सन प्रणाली बहाल गर्ने माग राख्दै भारतमा रेल्वेका कर्मचारीहरू देशभर नै अनिश्चितकालीन हडतालमा उत्रिने भएका छन् । यस हडतालमा रेलवेदेखि राज्य र केन्द्र सरकारका कर्मचारी समेत सडकमा उत्रिनेछन् ।
रेलवे र केन्द्रका सार्वजनिक क्षेत्र उपक्रमसहित केन्द्रीय सरकारका २८ लाख कर्मचारी र राज्य सरकारका तीन करोड भन्दा बढी कर्मचारी र शिक्षकसँग काम गर्ने कर्मचारी संगठन र संघहरूको एउटा मञ्चले मे १ देखि अनिश्चितकालीन हडतालको घोषणा गरेका छन् । अहिलेको राष्ट्रिय निवृत्तिभरण योजना (एनपीएस)को सट्टा पुरानो पेन्सन योजना (ओपीएस)लाई पुनःस्थापनाको मागसहित मे १ देखि हुने अनिश्चितकालीन हडताल हुन लागेको हो ।
भारतको अङ्ग्रेजी भाषाको पत्रिका ‘द हिन्दू’को समाचार अनुसार ज्वाइन्ट फोरम फर रेस्टोरेशन अफ ओल्ड पेन्शन स्कीम (जेएफआरओपीएस)को दिल्लीमा बसेको बैठकले यो निर्णय गरेको हो । जेएफआरओपीएसले सर्वसम्मतिबाट मार्च १९ मा सम्बन्धित प्रशासनलाई हडतालबारे सूचना दिने निर्णय गरेको छ । यस विषयमा केन्द्र सरकारसँगको छलफल विफल भएपछि हडतालमा जाने निर्णय गरिएको बताइएको छ । खबरका अनुसार अनिश्चितकालीन हडतालको आह्वान गर्नुअघि रेलवे, केन्द्र अन्तर्गतका विभिन्न विभाग र सार्वजनिक संस्थानहरूमा हडतालका लागि मतदान गरिएको थियो । यसलाई लगभग सबै कर्मचारीहरूको समर्थन मिलेको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी
-
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
यी दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना