आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

बिहीबार, १७ फागुन २०८०, १३ : ०६
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको बिहीबारको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेदरल्यान्ड्सले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको हो ।

जारी शृङ्खलामा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो योगफल हो । नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय पाली खेले । उनले एक सय ३५ रन बनाए । जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो सर्वाधिक रन हो ।

आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ६२ बलको सामना गरी १० छक्का र ११ चौकाका पनि हिर्काए । तेस्रो नम्बरका ब्याट्सम्यान साइब्रान्डले पनि अर्धशतकी पाली खेले । उनले केवल ४० बलको सामना गरी पाँच छक्का र सात चौका हिर्काए । तेजा निदामनुरुले पनि टोलीको खातामा १८ रन थपे । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप