बीसीसीआईको सम्झौताबाट किन हटाइए श्रेयस अय्यर र इशान किशन?
नयाँ दिल्ली । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात बीसीसीआईले आफ्नो केन्द्रीय अनुबन्ध सूचीबाट श्रेयस अय्यर र इशान किशनलाई हटाएको छ। बीसीसीआईले बुधबार साँझ केन्द्रीय सम्झौताको सूची जारी गरेको थियो। त्यसअघि नै ईशान किशन र श्रेयस अय्यर बीसीसीआईको केन्द्रीय सम्झौताबाट बाहिर हुन सक्ने बताइएको थियो ।
दुवै क्रिकेटर इन्डियन प्रिमियर लिग अर्थात आईपीएलमा आफ्नो फ्रेन्चाइजको हिस्सा हुनेछन् । दुवै आ–आफ्नो टोलीका स्टार ब्याट्सम्यान हुन् । आईपीएलमा खेलाडी लिलामी हुनुअघि नै दुवै खेलाडीलाई आ–आफ्नो टोलीले रिटेन गरेको थियो ।
- बीसीसीआई सम्झौता बाहिर हुनुको अर्थ?
आईपीएल सम्झौतामा रहनु उनीहरूका लागि धेरै फाइदाजनक छ तर बीसीसीआई सम्झौताबाट बाहिर हुनु यी खेलाडीहरूको आर्थिक र क्रिकेट करियरको लागि ठूलो धक्का भन्दा कम होइन । आईपीएल वर्षमा दुई महिना मात्र चल्छ। यसबाहेक घरेलु क्रिकेटमा दर्शकको खासै चासो छैन ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो दोहोरो शतक बनाउने कीर्तिमान इशान किशनको नाममा छ र श्रेयस अय्यर २०२३ को आईसीसी क्रिकेट विश्वकपमा भारतका तेस्रो सर्वाधिक स्कोरर बनेका थिए।
श्रेयस अय्यरले १४ टेस्ट खेल खेलेर ८११ रन बनाएका छन् । उनले ५९ एकदिवसीय खेल खेलेर २३८३ रन बनाएका छन् । एकदिवसीयमा उनको अधिकतम स्कोर १२८ हो । उनी ४९ को औसतमा खेल्छन्।
मिडिया रिपोर्टमा दुवै खेलाडीले बीसीसीआईको निर्देशनलाई बेवास्ता गरेको बताइएको छ । यद्यपि यस विषयमा आधिकारिक जानकारी भने दिइएको छैन ।
केही साताअघि मात्रै बीसीसीआई सचिव जय शाहले एक पत्र लेखेका थिए जसमा उनले केन्द्रीय सम्झौतामा समावेश भएका खेलाडीले रेड बल क्रिकेट (रणजी र टेस्ट क्रिकेट) भन्दा आईपीएललाई प्राथमिकता दिन नसक्ने बताएका थिए।
बोर्डले वार्षिक सम्झौताका लागि सिफारिस गर्दा श्रेयस अय्यर र इशान किशनको नाम पनि विचार गरे पनि केन्द्रीय अनुबन्धमा स्थान दिइएन ।
खेलाडीले राष्ट्रिय टोलीको प्रतिनिधित्व नगर्दा घरेलु क्रिकेट खेल्नलाई प्राथमिकता दिनुपर्ने बोर्डले जनाएको छ । बीसीसीआई सचिव शाहले रणजी ट्रफी नखेल्ने खेलाडीलाई चेतावनी दिँदै घरेलु क्रिकेट नखेल्ने खेलाडीले गम्भीर परिणाम भोग्नुपर्ने बताएका थिए । यी दुई खेलाडीको रवैयाबाट बोर्ड अधिकारीहरू आक्रोशित भएको बताइएको छ ।
राँची टेस्टपछि भारतीय कप्तान रोहित शर्माले पनि रणजी छोडेर आईपीएलको तयारीमा लागेका खेलाडीलाई कडा सन्देश दिएका थिए । कसैको नाम नलिई रोहितले भने, 'टेष्ट क्रिकेटमा सफलताको भोक देखाउनेलाई मात्र मौका दिइन्छ।'
- बीसीसीआई सम्झौताका फाइदाहरू के छन्?
केन्द्रीय सम्झौतामा परेका क्रिकेटरले मात्रै बीसीसीआईको सुविधा लिन पाउनेछन् । यसमा राष्ट्रिय क्रिकेट एकेडेमीका सुविधाहरू पनि समावेश छन्। कुनै पनि खेलाडी घाइते भएमा राष्ट्रिय क्रिकेट एकेडेमी निकै महत्त्वपूर्ण हुन्छ ।
केन्द्रीय अनुबन्धमा परेका क्रिकेटरहरूको बिमा हुन्छ । मोहम्मद शमीको सन्दर्भमा यो देख्न सक्छौँ । शमी अहिले घाइते छन् तर उनी बीसीसीआईको केन्द्रीय सम्झौताअन्तर्गत रहेकाले सबै सुविधा पाइरहेका छन् । उनको उपचार खर्च पनि बीसीसीआईले नै बेहोरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई