'निजी क्षेत्रले भ्रष्टाचार गर्दा हुन्छ भन्न खोजिएको हो ?'

काठमाडौँ । नेकपा एमालेका सांसद् रघुजी पन्तले ठुला उद्योगपति र व्यवसायीकै संलग्नतामा भ्रष्टाचार घटना घटेको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै पन्तले निजी क्षेत्रलाई भ्रष्टाचारको मुद्दामा जुनसुकै देश कारबाही गर्ने गरिएको दृष्टान्त सुनाए ।
निजी क्षेत्रले भ्रष्टाचार गरे पनि हुन्छ भन्न खोजिएको हो ? लोभ्याउने, भ्रष्टाचारमा प्रेरित गर्ने काम निजी क्षेत्रबाट पनि हुन सक्छ। उनीहरूलाई कारबाही गर्नुहुँदैन भन्ने कुरा न्यायसङ्गत हुन्छ र ? उनले भने ।
वर्षौँदेखि सरकारी जग्गा कब्जा गरेर व्यापार व्यवसाय गरिएको छ । ठुला उद्योगपति तथा पैसा भएकालाई कानुन नलाग्ने र पैसा नभएकाहरूलाई मात्रै कानुन लाग्ने कुरा स्वीकार्य नहुने उनले बताए । यसमा व्यवसायीहरूले आफ्नो स्वार्थ मात्र हेर्न नहुने पन्तले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीके राउतको सम्बन्धविच्छेद मुद्दा अदालतले मिलापत्रमा पठायो
-
माओवादीको तराई मधेस जागरण अभियान १७ गते महेन्द्रनगरमा समापन हुने
-
‘यूथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा भेला हुन थाले युवा, तस्बिरहरू
-
बुढ्यौलीलाई रोकेर निरोगी रहन चाहनुहुन्छ ?
-
इलाका प्रहरी कार्यालयमा पुस्तकालय
-
एक वर्षमा प्रेस स्वतन्त्रता हननका ६४ घटना