आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक मुद्दामा सबै राजनीति दलहरूको एउटै धारणा हुनुपर्ने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले राजनीतिक परिवर्तनपछि आर्थिक क्षेत्रलाई प्राथमिकता दिने अपेक्षा लिए पनि त्यस्तो हुन नसकेको बताए ।
कोभिडपछि र रूस–युक्रेन युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव परेको भन्दै उनले अहिले नयाँ व्यवसाय सुरु गर्न कन्फिडेन्स व्यवसायीमा नभएको बताए । स्वेदेशी लगानीकर्ता नै लगानी गर्न हतोत्साहित भएको बेला कसरी विदेशी लगानी भित्राउन सकिन्छ ? भन्दै उनले सरकारसँग प्रश्न गरे ।
'निजी क्षेत्रलाई हेर्ने नियमन गर्ने धेरै निकायहरू छन् । त्यस कारण अख्तियारले पनि निजी क्षेत्रलाई हेर्ने कानुनी व्यवस्था गर्न हुँदैन भनेर हामीले भन्दै आएका छौँ । अहिले भएकै निकायलाई बलियो बनाएर नियमन गर्नुपर्छ । अन्यथा लगानी ब्रेक लाग्न सक्छ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प