भारतीय एकाइलाई रिलायन्ससँग गाँभ्दै डिज्नी

नयाँ दिल्ली । भारतमा रहेको आफ्नो स्ट्रिमिङ व्यवसायलाई डिज्नीले भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्सको मनोरञ्जन कम्पनीसँग गाभ्ने भएको छ । कम्पनीका अनुसार भायोकम १८ सँग डिज्नीको समस्याग्रस्त स्टार इन्डियालाई गाभिनेछ । यो सम्झौताको आकार साढे ८ अर्ब डलर हाराहारीको हुने बताइएको छ । दुई कम्पनी गाभिएर बन्ने व्यवसायको नेतृत्व भने रिलायन्सले लिनेछ ।
यो कम्पनी भारतको सबैभन्दा ठुलो मिडिया कम्पनी हुनेछ । नयाँ कम्पनीको वृद्धिका लागि रियालन्सले अर्को १ अर्ब ४० करोड डलर लगानी गर्नेछ । यस सम्झौतालाई अम्बानीले भारतीय मनोरञ्जन उद्योगका लागि नयाँ युगको शंखनाद भनेका छन् । यो सम्झौतालाई नियामकहरूले पनि मञ्जुरी दिनु पर्नेछ । सम्झौता यो वर्षको अन्त्यतिर वा अर्को वर्षको सुरुमा सम्पन्न हुने आशा गरिएको छ ।
मर्जरपछि बन्ने मिडिया कम्पनीसँग १२० ओटा च्यानल र देशभरमा झन्डै ७५ करोड ग्राहक हुनेछन् । यो सम्झौताले सन् २०१९ मा डिज्नीले स्टार इन्डियालाई किन्दा तिरेको मूल्यको एक तिहाइभन्दा कम मूल्य दिएको छ । ज्वाइन्ट भेञ्चरमा डिज्नीको ३७ प्रतिशत हिस्सा रहनेछ । यसमा भायोकम १८ को ४७ प्रतिशत र रिलायन्सको १६ प्रतिशत हिस्सा हुने बताइएको छ । यो नयाँ कम्पनीमा मुकेश अम्बानीको पत्नी निता अम्बानी अध्यक्ष रहनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम