आमा बन्दैछिन् दीपिका पादुकोण

नयाँ दिल्ली । भारतीय अभिनेत्री दीपिका पादुकोण आमा बन्न लागेकी छिन् । अभिनेत्री आफैँले उनी गर्भवती भएको घोषणा गरेकी हुन् ।
दीपिकाले रणवीर सिंहलाई ट्याग गर्दै एउटा पोस्ट गरेकी छिन् । पोस्टमा शिशुको लुगा, जुत्ता, खेलौना आदिले २०२४ सेप्टेम्बरलाई घेरेको छ । अर्थात् दीपिका रणवीरको पहिलो सन्तानको जन्म सेप्टेम्बरमा हुनेछ ।
दीपिकाको यो पोस्टमा फ्यान देखि सेलिब्रेटीहरुसम्म धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् । कृति सेनन, मनीष मल्होत्रा, मेधा शंकर, अंगद बेदी, मियांग च्याङ्ग, कुब्रा सैत, मसाबा गुप्तालगायत कयौँ सेलिब्रेटीहरुले सिंह दम्पत्तिलाई बधाई दिएका छन् । कयौँ दिनदेखि दीपिका गर्भवती रहेको चर्चा भइरहेको थियो । बाफ्टा अवार्ड्स २०२४ मा दीपिका साडीमा देखिएकी थिइन् । त्यतिबेला उनको बेबी बम्प देखिएको र अभिनेत्रीले साडीको सप्कोले बारम्बार पेट छोपेपछि उनी गर्भवती भएको अफवाह चलेको थियो ।
दीपिका र रणवीर सिंह बलिउडको पावर कपल हुन् । फिल्म रामलिलाको सेटमा दुवैको प्रेम कथा सुरु भएको थियो । सन् २०१२ मा डेटिङ सुरु गरेको यो जोडीले सन् २०१८ मा इटलीमा बिहे गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथ दोस्रो खण्ड विस्तारमा अझै समय लाग्ने, सर्भे गर्दै चिनियाँ टोली
-
गर्मीमा कहिले र कसरी लगाउने सनस्क्रिन क्रिम ?
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान