दक्षिण कोरिया : आन्दोलनरत डाक्टर काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी

सिओल । आन्दोलनरत हजारौँ जुनियर डाक्टरहरू बिहीबारसम्म काममा नफर्किए उनीहरूलाई पक्राउ गरी मेडिकल अनुमति पत्र रद्द गर्ने दक्षिण कोरियाको सरकारले चेतावनी दिएको छ । तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन् ।
देशका डाक्टरको जनशक्ति बढाउन सरकारले विश्वविद्यालयमा थप विद्यार्थीहरू भर्ना गर्ने योजना अघि सारेपछि उनीहरू विरोधमा उत्रिएका हुन् । विश्वका विकसित देशहरूमध्ये दक्षिण कोरियामा सबैभन्दा कम डाक्टर–बिरामीको अनुपात रहेको छ । त्यसमाथि देशमा प्रौढ जनसङ्ख्याको वृद्धिसँगै एक दशकभित्र डाक्टरहरूको सङ्कट हुन सक्ने सरकारले चेतावनी दिँदै आएको छ ।
दक्षिण कोरियामा स्वास्थ्य सेवा अधिकांश निजीकरण भए पनि तुलनात्मक रुपमा सस्तो छ । आपत्कालीन, जटिल शल्यक्रिया र विशेषज्ञ सेवाको मूल्य निकै कम तोकिएको छ । जबकि कस्मेटिक सर्जरी लगायतको मूल्य निकै उच्च रहेको छ । यसले डाक्टरहरू ठुला सहरका आकर्षक स्थानमा काम गर्न आकर्षित बनेका छन् ।
यही कारणले ग्रामीण क्षेत्रमा डाक्टरहरूको कमी देखिएको छ । दक्षिण कोरियामा डाक्टरहरूलाई राम्रो तलब सुविधा दिए पनि काम गर्ने समयको तुलना गर्दा उनीहरूले न्यूनतम तलबभन्दा पनि कम आम्दानी गरिरहेको तर्क गर्छन् ।
२५ वर्षीय डाक्टर रायू ओके हाडाले आफूले हप्तामा १ सय घण्टाभन्दा बढी काम गर्ने गरेको सुनाए । उनका अनुसार कहिलेकाहीँ आफूले नसुती ४० घण्टासम्म काम गर्ने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु
-
चैत २५ भित्र सदस्य नबने एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न नपाइने
-
तुलसी दिवसका तीन कविता
-
बारको वार्षिक साधारण सभा वैशाख ६ गते, नयाँ कार्यसमितिले पदभार ग्रहण गर्ने
-
ईश्वर पोखरेलको स्मृतिमा आमा : मेरी आमा कसैका आँखा बनेर जीवित हुनुहुन्छ !
-
मुकुल ढकालको आग्रहः रवि दाइलाई बिदा गरेर पार्टी निर्माणमा लागौँ