प्रतिबन्धित लागु औषधसहित ३ जना प्रहरीको नियन्त्रणमा
बिहीबार, १७ फागुन २०८०, ०९ : ५५
![प्रतिबन्धित लागु औषधसहित ३ जना प्रहरीको नियन्त्रणमा](https://npcdn.ratopati.com/media/news/download-(1)_hSRE9AVuR0.jpg)
झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागु औषध सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाको आधारमा अर्जुनधारा नगरपालिका–१० कालिस्थान घर भई मेचीनगर नगरपालिका–६ मा डेरा गरी बस्ने वर्ष २६ का प्रकाश पौडेल, काठमाडौँका वर्ष ३० क ईश्वर आधिकारी र अर्जुनधारा नगरपालिकाका वर्ष २२ का पुजन तामाङलाई हिजो साँझ ७ः३० मा नियन्त्रणमा लिइएको हो ।
चेकजाँच गर्दा निजहरूको साथबाट प्रतिबन्धित लागु औषध खैरो हेरोइन ४७ ग्राम फेला परेको प्रहरीले जानकारी दियो । तिनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान भई कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।