केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड आगामी वैशाखमा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको मिति निर्धारण गरिएको छ । राखेपका सदस्यसचिव टंकलाल घिसिङको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८१ साल बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको हो ।
बैठकले प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिमा राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रण गर्नेलगायत निर्णय पनि गरेको छ । त्रिपुरेश्वरस्थित राखेपमा भएको बैठकमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्यसचिव हंशराज वाग्ले, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण विकास मन्त्रालयका सचिव चूडामणि फुयाल, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी र गण्डकीका सदस्यसचिव श्रीधर शर्माको उपस्थिति रहेको थियो ।
यसैगरी बैठकमा लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराई, सुदूरपश्चिम प्रदेशका सदस्यसचिव दीपक सिंह, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव विष्णु भट्टराई, राखेपका सदस्यद्वय अञ्जन धमला र प्रकाशकुमारी कुसारी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगतालगायतको उपस्थिति रहेको थियो ।
राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डका लागि सात सय ५३ स्थानिय तहमध्ये अधिकांशमा छनोट प्रतियोगिता सम्पन्न भइसकेको र केहीमा हुने क्रममा रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हडताली हाट, जहाँबाट सुरु भयो हडताल
-
मलेसियाको जनसंख्या ३४.२ मिलियन पुग्यो
-
फागुन ८ देखि भृकुटीमण्डपमा १० औं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
-
युद्धविराम भए बेलायती सेना युक्रेन जान तयार
-
सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या