बालेन शाहको निर्देशनमा स्वरोजगार मजदुरमाथि अमानवीय व्यवहार भएको आरोप

काठमाडौँ । स्वरोजगार (फुटपाथ) मजदुरहरुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा आफूहरुमाथि अमानवीय व्यवहार भएको आरोप लगाएका छन् ।
नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बुधबार जारी गरेको विज्ञप्तिमा महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुहरुले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर कजदुरहरुलाई नियन्त्रणमा लिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
महानगर प्रहरीको आक्रमणमा परेर स्वरोजगार मजदुर नानीमैया बस्नेत गम्भीर घाइते भइ ट्रमा सेन्टरमा भर्ना भएको र अन्य मजदुरहरु राधिका मैनाली, र बद्री देवकोटा घाइते भएको महासचिव राजकुमार श्रेष्ठले जानकारी दिए । यस्तै केही मजदुरहरुलाई नियन्त्रणमा लिइ कालिमाटी प्रहरी कार्यालयमा लगिएको छ ।
‘साँझको समय कसैलाई असर नपार्ने गरि सडक पेटी तथा गल्लीमा व्यवसाय गरिरहेका स्वरोजगार श्रमिकहरुलाई साँझको समयमा अन्धाधुन्ध कुटपिट गर्ने, लछारपछार गर्ने, आमाचकारी गालीगलौज गर्ने, सामानहरु लुट्ने, सामानहरु फ्याकिदिने र मरणासन्न हुनेगरी घाइते बनाउने जस्ता महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा महानगर प्रहरीहरुले गरेका अमानविय व्यवहारको भत्सर्ना गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।
बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको थियो । झडपमा नगर प्रहरीका मनोज लामिछानेसहित ५ जना घाइते भएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए ।
९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले नै आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : शेरबहादुर देउवा
-
काठमाडौं विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को प्रदर्शन
-
तीन सातादेखि नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध, निर्माण ठप्प
-
शिक्षकहरुको आन्दोलनमा माओवादी केन्द्र बागमती प्रदेशको ऐक्यबद्धता
-
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
-
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीयः सभामुख