फुटपाथ व्यवस्थापनमा विवाद
काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप, ५ नगर प्रहरी घाइते
बुधबार, १६ फागुन २०८०, २१ : १६

काठमाडौँ । काठमाडौँमा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको छ । बुधबार साँझ काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबिच झडप भएको हो ।
झडपमा महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । घाइतेहरुको वीर अस्पतालमा उपचार भैरहेको उनले बताए ।
९ बजेअघि व्यवसाय सुरु नगर्न भन्दा फुटपाथ व्यवसायीहरुले आफूहरुमाथि आक्रमण गरेको उनले आरोप लगाए । फुटपाथ व्यवसायीले साँझ ७ बजेपछि व्यापार सुरु गरेपछि नगर प्रहरीले हटाएको थियो । नगर प्रहरीको एक्सनलगत्तै दुई पक्षबिच झडप भएको बताइएको छ ।
यसघि काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसाय हटाएपनि पछिल्लो समय राति ९ बजेपछि राख्न दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म