राप्रपाले चैत १६ गते काठमाडौँमा जनसंघर्ष गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १६ गते काठमाडौँ केन्द्रित जनसंघर्ष गर्ने निर्णय गरेको छ । पार्टीले फागुन ९ गते नेपाल सरकार समक्ष पेस गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबाबका कार्यक्रम संचालन गर्ने र काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको हो ।
राष्ट्रियता, विकास, सुशासन, सेवा प्रवाह एवं जनजीविकासँग सम्बन्धित तथा देशको दीर्घकालीन हितका विषयमा राप्रपाले सरकारलाई पेस गरेको ४० बुँदे ज्ञापनपत्रका विषयमा देशव्यापी जागरण गर्दै काठमाडौँमा बृहत् जनसंघर्ष गर्ने कार्यक्रम तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यसैबिच राप्रपाले बुधबार राजधानीमा आन्दोलन सम्बन्धी प्रशिक्षण गरेको छ । अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्वअध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमसेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
जनसंघर्षअघि राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा समेत गर्नेछ ।
यसैगरी चैत १० गते देशका मुख्य सहरमा मोटरसाइकल र्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले राष्ट्रिय झण्डासहित राजधानीमा परेड प्रदर्शन गर्ने कार्यक्रम तय भएको श्रेष्ठको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?
-
१० बजे १० समाचार : राजु पाण्डेलाई निलम्बन गर्न मागदेखि रास्वपा नेतृविरुद्ध अवलेहलना मुद्दासम्म
-
कोरला नाकामा प्रदेशको भवनबाट अध्यागमन कार्यालय हटाउन संघलाई मुख्यमन्त्री पाण्डेको चेतावनी